Kathmandu Press

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ मजबुत : नेकपा


काठमाडौं, असोज ८ः नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा असोज ६ र ७ गते ....

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ मजबुत : नेकपा
काठमाडाैंप्रेस


काठमाडौं, असोज ८ः नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा असोज ६ र ७ गते काठमाडौंमा भएको ‘विचार धारात्मक छलफल’ र त्यसपछि भएको दुई पार्र्टीबीच भएको सम्झौताले दुई पार्टीबीचको सम्बन्ध अझ मजबुल भएको नेकपाले जनाएको छ । 

नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले उक्त छलफल समापनपछि जारी विज्ञप्तिमा उक्त मूल्यांकन गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले उक्त सहमतिमा असोज ७ गते हस्ताक्षर गर्नुभएको छ, जसले दुई पार्टीलाई भविष्यमा अझ घनिष्ट र आशंकारहित सम्वन्धमा आवद्ध गर्ने विश्वास गरिएको छ ।’

दुई दिवसीय यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करिव ३०० जना र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको उक्त नेकपाले जनाएको छ । थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ राष्ट्रपति महामहिम सि जिनपिङ्को नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भका बीच आयोजित यस विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव पारेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो पहिलो कार्यक्रम हो । यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ ।’

सि जिनपिङ् विचार धाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलका रुपमा आयोजित उक्त कार्यक्रमको उद्घाटन नेकपाका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटनका क्रममा उनले चीन र नेपालबीच समस्यारहित सम्बन्ध रहेको तथ्य स्पष्ट पारेका थिए ।  

पार्टी स्कुल विभाग प्रमुख उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले आ–आफ्नो महत्वपूर्ण विचार राखेका थिए । 

कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चारवटा प्रस्तुति रहेका थिए। चिनियाँ केन्द्रीय पार्टी स्कुलका तर्फबाट काओ लीले– मध्यम स्तरीय सहज समाजको निर्माण सम्पन्न गर्नेबारे, संगठन विभागका तर्फबाट ह्ग छु नान पेङले– पार्टी अनुशासनको सुदृढ कार्यान्वयन सम्बन्धमा, पार्टी स्कुलका तर्फबाट क्विन ग्याङले– सुधार कार्यलाई व्यापक बनाउने सम्बन्धमा र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका तर्फबाट शी यु लाेङले– एक क्षेत्र एक सडक योजना निर्माणको संयृुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्वन्धमा विचार प्रस्तुत गरिएका थिए । 

उद्घाटन र समापन सत्रको सञ्चालन तथा विचार प्रस्तुति सत्रको अध्यक्षता नेकपा पार्टी स्कुल विभागका तर्फबाट स्थायी कमिटी सदस्य एवं उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसालले गरेका थिए ।
 

प्रकाशित मिति: ११:४२ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्