इंग्लिस प्रिमियर लिग : वेस्टह्याविरुद्ध लिभरपुलको जित
काठमाडौं, फागुन २२ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाईटेडलाई १–० गोल अन्तरले...
काठमाडौं, फागुन २२ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाईटेडलाई १–० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा साडियो मानेले निर्णायक गोल गरे ।उनले खेलको २७ औं मिनेटमा आर्नोल्डको पासमा गोल गरेका थिए ।
जितसँगै लिभरपुलले २७ खेलमा ६३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायम छ। वेस्ट ह्याम ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
प्रकाशित मिति: ११:०२ बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











