Kathmandu Press

शव ल्याउन श्रममन्त्रीको पहल

तनहुँ, फागुन २२ : तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि...
शव ल्याउन श्रममन्त्रीको पहल
फाइल तस्बिर

तनहुँ, फागुन २२ : तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया पुगेका उनको यही फागुन १७ गते मृत्यु भएको हो । 

महाशिवरात्रिका दिन काम सकेर कोठामा पुगेका उनको हृदयघातबाट मृत्यु भएको बताइएको छ ।  अधिकारीको शव मलेसियाबाट स्वदेश ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चासो व्यक्त गरेका छन् । शनिबार मृतकको घरमै पुगेर उनले परिवारलाई सान्त्वना दिनुका साथै शव ल्याउने विषयमा पहल सुरु भइसकेको जानकारी दिए। 

उनले भने, ‘राहत र क्षतिपूर्तिका लागि सकेसम्म छिटो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ श्रम स्वीकृति गरेर विदेश गएको र विदेशमा मृत्यु भएको खण्डमा मन्त्रालयमातहतको वैदेशिक रोजगार बोर्डले घरसम्मै शव ल्याउने व्यवस्था गरिदिन्छ । यसका साथै क्षतिपूर्तिवापत सात लाख राहत दिने प्रावधान छ ।

प्रकाशित मिति: १०:३९ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्