Kathmandu Press

एमाले बरेङगाउँ कमिटी अध्यक्षमा थापा

काठमाडौं, फागुन २२ : नेकपा (एमाले) बरेङ गाउँ कमिटीका अध्यक्षमा झोमबहादुर थापा सर्वसम्मत चयन भएका छन्। शनिबार बरेङ बजारमा सम्पन्न गाउँ अधिवेशनले थापाको नेतृत्वमा...
एमाले बरेङगाउँ कमिटी अध्यक्षमा थापा
Hardik ivf

काठमाडौं, फागुन २२ : नेकपा (एमाले) बरेङ गाउँ कमिटीका अध्यक्षमा झोमबहादुर थापा सर्वसम्मत चयन भएका छन्। शनिबार बरेङ बजारमा सम्पन्न गाउँ अधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटी चयन गरेको हो। 

अधिवेशनको उद्घाटन गर्दै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत स्थानमा जित हासिल गर्ने भन्दै गुरुङले सङ्गठन बलियो बनाइरहेको एमालेसँग गठबन्धन डराइरहेको बताए । 

कार्यक्रम एमालेका पोलिटब्यूरो सदस्य तथा खेलकुद विभाग प्रमुख लीलाबहादुर थापाले राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज उठाउने राष्ट्रवादी र विकासवादी पार्टी एमालेमात्रै भएको दाबी गरे । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य मनकुमारी केसी, बागलुङ जिल्ला इन्चार्ज गोविन्द नेपाली, जिल्ला अध्यक्ष हीराबहादुर केसी, पूर्वकार्यवाहक अध्यक्ष कृष्ण पाठकलगायत नेताहरूले सम्बोधन गरेका थिए। 

प्रकाशित मिति: १०:१५ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्