एमाले रोप्लाको अध्यक्षमा फेरि बुढा
रोल्पा, फागुन २२ : नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन्।रोल्पाको त्रिवेणी गाउँपालिकामा सम्पन्न जिल्ला अधिवेशनले बुढालाई पुनः अध्यक्ष चयन गरेको...
रोल्पा, फागुन २२ : नेकपा (एमाले) रोल्पाको अध्यक्षमा बालाराम बुढा चयन भएका छन्।
रोल्पाको त्रिवेणी गाउँपालिकामा सम्पन्न जिल्ला अधिवेशनले बुढालाई पुनः अध्यक्ष चयन गरेको हो। उनको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
जिल्ला उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली रहेका छन्।
यसअघि पुस २३ गते जिल्ला अधिवेशन तोकिएको थियो। तर, तत्कालीन जिल्ला सचिव निमप्रसाद रोकाको हृदयघातले मृत्यु भएपछि स्थगित भएको थियो।
प्रकाशित मिति: ०८:१४ बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












