कृषि विकास बैंक ह्याकिङमा कर्मचारीसहित ११ पक्राउ
काठमाडौं, असोज ८ : कृषि विकास बैंक ह्याकिङ प्रकरणमा कर्मचारीसहित ११ जना पक्राउ परेका छन्।
कृषि विकास बैंकको सिराहको लहान र धनगडी शाखाबाट ह्य....

काठमाडौं, असोज ८ : कृषि विकास बैंक ह्याकिङ प्रकरणमा कर्मचारीसहित ११ जना पक्राउ परेका छन्।
कृषि विकास बैंकको सिराहको लहान र धनगडी शाखाबाट ह्याक गरेर अर्को खातामा पैसा सारिएको थियो। प्रारम्भीक अनुसन्धानमा एक करोड ५६ लाख ह्याक गरेर निकालिएको पाइएको छ।
ह्याक गरेर पैसा निकाल्नमा संलग्न ११ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको महाशाखाका हरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए। उनका अनुसार, उनीहरुलाई हिजा र आज पक्राउ गरिएको हो।
प्रहरी स्रोतका अनुसार, पक्राउ पर्नेमा कृषि विकास बैंकका कर्मचारी पनि छन्। उनीहरूको बारेमा केही खुलाएको छैन। आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने महाशाखाले जनाएको छ।
प्रहरीका अनुसार, ह्याकरहरु तीन दिनयता त्यसमा संलग्न थिए। उनीहरुले कर्मचारीसँगको मिलेमतोमा ह्याक गरेर पैसा निकालेका हुन्।
उनीहरुले कृषि विकास बैंकको सिराहको लहान र धनगडी शाखाकाे रकम काठमाडाैंबाटै ह्याक गरेर निकालेकाे प्रहरीकाे भनाइ छ। यस विषयमा थप अनुसन्धान भइरहेकाे जनाएकाे छ।











