Kathmandu Press

हिमहिरोमा परेर १५ चौरी मरे

मुस्ताङ, फागुन २१ : मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ...
हिमहिरोमा परेर १५ चौरी मरे
Hardik ivf

मुस्ताङ, फागुन २१ : मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन्। शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए।

'चौरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो,' उनले भने, 'हिउँले पुरिएर चौरी मरेका हुन्।' चौरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए। बिहान गोठाला जाँदा चौरी मरेका भेटिएपछि खबर गरेका थिए। प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोलीले क्षतिको विवरण सङ्कलनका लागि घटनास्थलतर्फ गएका छन्। हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ।

गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो। मुस्लोसहित हिउँ पहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए। नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए। 

प्रकाशित मिति: २०:५६ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्