निर्धारित शुल्कभन्दा बढी रकम अशुल्न खोजेको नोबेल कलेजका विद्यार्थीको आरोप
काठमाडौं, फागनु २१ : नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन्।शनिबार काठमाडौंमा पत्रकार सम्मेलन...
काठमाडौं, फागनु २१ : नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क अशुल गर्न खोजेको आरोप लगाएका छन्। त्यो आफूहरुलाई कदापी मान्य नहुने पनि उनीहरुको भनाई थियो।
पत्रकार सम्मेलनमा विद्यार्थीहरुले उक्त मेडिकल कलेजमा आफुहरुको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफुहरुलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन्। उनीहरु गत मंसिर २८ गते देखि निरन्तर आन्दोलनरत छन्। विद्यार्थी तमन्ना कार्कीले तीन महिनादेखि जारी रहेको आफुहरुको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन।
पत्रकार सम्मेलनमा नेकपा (एस) को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आफुहरु पीडित विद्यार्थीहरुको आन्दोलनमा सँगसँगै रहेको बताए । उनले बिद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै सहज रुपमा पठन पाठन हुनुपर्नेमा जोड दिए।
नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले ८२ दिनसम्म विद्यार्थीहरुको समस्या समाधान गर्न राज्यले तत्परता नदेखाएको भन्दै सरकार तत्काल गम्भीर हुन जरुरी रहेको बताए।












