Kathmandu Press

खप्तड गोल्डकप : हिमालयन शेर्पा क्वार्टरफाइनलमा

खप्तड गोल्डकप : हिमालयन शेर्पा क्वार्टरफाइनलमा

काठमाडाैं, फागुन २१ : ए डिभिजन क्लब धनगढीमा जारी पाँचौंँ मुख्यमन्त्री सुदूरश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा नव जनजागृति युवा क्लबमाथि ४–०को फराकिलो जित निकाल्दै हिमालयन शेर्पा अन्तिम ८ मा पुगेको हो।

मोफसलको सर्वाधिक धनराशीको नकआउट फुटबल प्रतियोगितामा हिमालयन शेर्पालाई जित दिलाउन उर्लिच सिवेले २ गोल गर्दा विकास मेराग्लिया र पूर्णबहादुर गुरुङले पनि गोल गरे। शेर्पाले दुवै हाफमा समान १ गोल गरेको थियो।

३०औं मिनेटमा मेराग्लियाको गोलमा शेर्पाले अग्रता लियो। इटालियमा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली मुलका मेराग्लियाले यसै खेलमार्फत हिमालयन शेर्पामा डेब्यू गरेका हुन्। उनले ए डिभिजन लिग च्यासल युथ क्लबाबाट खेलेका थियो।

४१औं मिनेटमा सिवेले गोल गर्दै शेर्पाको दोब्बर बनाए। पहिलो हाफमा २ गोल गरेको शेर्पाले दोस्रो हाफमा पनि थप २ गोल गरेको थियो। ५७औं सिवेले नै गोल गर्दै शेर्पालाई ३–०को सहज अवस्थामा ल्याए। त्यसपछि ८१औं मिनेटमा पूर्णबहादुर गुरुङले गोल गरेपछि शेर्पाले ४–०को सहज जित निकाल्यो।

अब शेर्पाले क्वार्टरफाइलनमा आयोजक सुदूरपश्चिम ११ सँग खेल्ने छ। १० टिमको सहभागी प्रतियोगिताको विजेताले २१ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित मिति: १९:२४ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्