Kathmandu Press

मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु

धनुषा, फागुन २१ : आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि...
मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु

धनुषा, फागुन २१ : आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो। दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो।

नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए। गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा आएका छन।

Hardik ivf

तीनदिने मधेस प्रदेशको भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरणमन्त्री शुत्रधन महतोले स्वागत गरेका थिए। भ्रमण टोलीमा  मुख्यमन्त्री पोखरेलसहित अर्थमन्त्री रामजीप्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेललगायत सहभागी रहेका छन।

मधेस प्रदेशका उद्योग पर्यटन तथा वातावरणमन्त्री महतोका अनुसार मुख्यमन्त्री पोखरेलको सबैभन्दा पहिले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। आजै उनले जनकपुर–जयनगर रेलको अवलोकन गर्ने र त्यसपछि धार्मिकस्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।

मधेस र गण्डकी प्रदेशबीच पर्यटकीय कोरिडोर बनाउने : मुख्यमन्त्री पोखरेल

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले दुवै प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटक रहेको बताउँदै उनले भने, 'दुवै प्रदेशको समृद्धिको मुख्य अधार पर्यटन भएकाले पर्यटकीय करिडोर बनाउने आधार र सम्भावना पहिचान गर्ने र सम्भावना देखिएको योजनामा मधेससँग सहकार्य गर्नेछौँ।'

उनले सङ्घीयतालाई संस्थागत गर्न, मजबुत बनाउन र प्रदेश सरकारको सम्बन्ध सुदृढ हुनुपर्ने मान्यताका साथ भ्रमणका लागि आएको बताए।

प्रकाशित मिति: १८:३४ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्