Kathmandu Press

व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटाएको छ : श्रममन्त्री श्रेष्ठ

तनहुँ, फागुन २१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटेको बताएका छन्।तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा...
व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटाएको छ : श्रममन्त्री श्रेष्ठ

तनहुँ, फागुन २१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसिसीको भ्रम हटेको बताएका छन्।

तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसिसीका बारेमा जनतामाझ रहेको भ्रम व्याख्यात्मक घोषणाले हटाएको बताए।

Hardik ivf

यथास्थितिमा एमसिसी संसद्बाट पारित गर्न नहुने पक्षमा एकीकृत समाजवादी रहे पनि व्याख्यात्मक घोषणासहित पारित भएको विषयलाई अमेरिकाले पनि स्वीकार गरिसकेको बताए। विकासका लागि एमसिसी आवश्यक रहेको भन्दै श्रेष्ठले भने, ‘यो नेपालको हितमा छ, नेपालको विकासमा यसको समुचित प्रयोग गर्नुपर्छ।’

जनताको सेवा र विकासका लागि नेकपा एकीकृत समाजवादी सदैव प्रतिबद्ध रहेको भन्दै श्रेष्ठले विकासको नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा व्यक्त गरे। ‘हामीले राजनीति गरेको जनताका लागि हो, विकासका लागि हो, त्यसका लागि हामी सधैँ क्रियाशील रहन्छौं,’ उनले भने। जिल्लाको विकासका लागि आफू अहोरात्र खटिए पनि केही विरोधीले आफ्नो नामसमेत लिन नचाहेको बताउँदै श्रेष्ठले भने, ‘विकास सबैका लागि हो, मैले गरेको कामको जस मलाई नदिए पनि म सन्तुष्ट नै हुन्छु।’

मन्त्री श्रेष्ठले एमसिसीका विषयमा एमालेले दोहोरो भूमिका देखाएको आरोप लगाए। ‘एमसिसी गलत छ भनेर विपक्षमा मत दिएको भए पनि हुन्थ्यो तर एमालेले कुनै भूमिका निभाएन,’ मन्त्री श्रेष्ठले भने।

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्