सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधीशमाथि महाभियोग : थापा
काठमाडाैं, फागुन २१ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाइएको बताएका छन्। शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक...
काठमाडाैं, फागुन २१ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दलको स्वार्थ परिपूर्ति गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाइएको बताएका छन्।
शनिबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको घोषणा सभामा अध्यक्ष थापाले एमसीसी पास गर्न र सभामुखमाथिको मुद्द अघि नबढाउनैका लागि सत्तारुढ दलले प्रधानन्यायाधिशमाथि महाभियोग लगाइएको बताएका हुन्।
थापाले न्यायपालिकालाइ सुद्धिकरण गर्ने मनसाय दलहरुको नरहेको तर्क गरे। त्यस्तै उनले लामो समयदेखि सदन अवरुद्ध हुँदा पनि दलहरु गम्भीर हुन नसकेको र लाज पचाएर तलव भत्ता भने बुझिरहेको धारणा राखे। उनले दलहरुकै कारण मुलुकको राष्ट्रियता कमजोर भइरहेको र नेपालमा विदेशीको चलखेल बढ्दै गएको उल्लेख गरे।
त्यस्तै थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दबाब र प्रभाव दिएको पनि बताए।
उनले राप्रपा नेपालको एजण्डेलाई स्थापित गर्न नयाँ शक्तिका साथ जनतामाझ जाने बताए।












