Kathmandu Press

पोखरा वृद्धाश्रमलाई सफल सहकारीको सहयोग

पोखरा वृद्धाश्रमलाई सफल सहकारीको सहयोग

पोखरा, फागुन २१ : विपन्न, असहाय एवं अपहेलित समाजका ज्येष्ठ नागरिकको सहारा बन्दै आएको पोखरा वृद्धाश्रमलाई सफल बचत तथा ऋण सहकारी संस्था पोखरा–१७ ले आर्थिक सहयोग गरेको छ।

संस्थाको १५औं स्थापना दिवसका अवसरमा आज वृद्धाश्रम परिसरमा आयोजित एक समारोहका बीच रु २० हजार १५५ आश्रमको सहयोगार्थ आर्थिक सहयोग गरेको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत सहकारीका अध्यक्ष वासुदेव पौडेलले उक्त रकम बराबरको चोक आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण गरे।

Hardik ivf

कार्यक्रममा कास्की जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सफल सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले संस्थाले आश्रममा आश्रित ज्येष्ठ नागरिकको सहयोगार्थ आर्थिक सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गरेको उल्लेख गरे। वृद्धाश्रममा रहेका कतिपय ज्येष्ठ नागरिकको नेपाली नागरिकताको प्रमाणपत्रसमेत नभएको सुन्दा आफूलाई दुःख लागेको बताउँदै उनले त्यसका लागि आवश्यक कानुनी प्रक्रिया मिलाएर नागरिकता प्रदान गर्न आफ्नो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव अधिकारीका अनुसार सो संस्थामा हाल सात आमाबुवाको नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत बञ्चित रहेको जानकारी गराए। विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरूको सहयोगले नै आश्रम सञ्चालन भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई उत्पादनसँग जोड्ने खालको योजना अघि सारेको बताए। आश्रममा हाल ५५ वृद्धवृद्धा तथा सेवकसेविका छन्।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पवित्रा जिसीले यसअघि नेपाल रेडक्रम सोसाइटीको कास्की शाखाद्वारा निर्माणाधीन रेडक्रस भवनका लागि रु. २५ हजार तथा मानवसेवा आश्रम छोरेपाटनलाई एक छाक खाना बराबर रु १७ हजार ५०० आर्थिक सहयोग गरेको स्मरण गराए। सो अवसरमा सहकारीका सञ्चालक समिति, सल्लाहकार, बिभिन्न उपसमितिका संयोजक, वृद्धाश्रम व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, आश्रित आमाबुवाको सहभागिता रहेको सहकारीका सचिव गणेश श्रेष्ठले जानकारी दिए। सहकारी संस्थामा हाल ५०० भन्दा बढी सेयर सदस्यले रु आठ करोडभन्दा बढीको कारोबार गर्दै आएका छन्।

प्रकाशित मिति: १७:४८ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्