Kathmandu Press

खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ : ओली

झापा, फागुन २१ : एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन्।झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि जारी नेपाल...
खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ : ओली

झापा, फागुन २१ : एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन्।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि जारी नेपाल आइस पाँचौं झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन्।

Hardik ivf

'खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ,' उनले भने, 'खेलकुदको विकासका लागि सबै पार्टी, सबै सङ्घसंस्था र सरोकारवालालाई लाग्न म आग्रह गर्छु।'

खेलकुद क्षेत्रको विकास सबैको चासो, चिन्ता र उन्नतिको विषय भएको उनले बताए। अध्यक्ष ओलीले खेलकुद क्षेत्रको विकासमा आफू सदैव लागिपरेको र लागिपर्ने धारणा रारे। झापा गोल्ड कपको सफताको कामना गर्दै अध्यक्ष ओलीले खेलाडीलाई इमान्दार भएर खेल्न आग्रह गरे। आफ्नो पार्टी नेकपा ९एमाले०ले खेल क्षेत्रको विकासलाई विशेष महत्व दिएको उनको भनाइ थियो।

रंगशाला निर्माणका लागि डोमालाल राजवंशीको परिवारले दान दिएको जग्गामा कसैले आँखा नलाउन उहाँले आग्रह गरे। 'म डोमालाल राजवंशी परिवारलाई धन्यवाद दिन्छु, जसले जग्गा दान दिएर रङ्गशाला बनेको छ,' उनले भने, 'अरुले दान दिएको जग्गामा कसैले आँखा लगाउनुहुँदैन।'

विभिन्न १० वटा टिम सहभागी पाँचौं संस्करणको झापा गोल्ड कपको विजेताले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पुरस्कार प्राप्त गर्ने छन्।

साथै मस्ट भ्यालुएबल प्लेयरलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु. २१ हजार, उच्च गोलकर्तालाई रु. २५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु. नौ हजार ९९९ प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्