झापा आन्दोलन भएको ४९ वर्ष पूरा

झापा, फागुन २१ : नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ।
झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए।
त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी सहिद स्मृति दिवस’ मनाउने गरिन्छ। सुखानी शहीद स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुखानी पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरे ।
कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोहसँगै हत्या गरिएकालाई सरकारले २०७२ फागुन १८ गते सहिद घोषणा गरेको थियो।
प्रकाशित मिति: १४:५४ बजे, शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












