Kathmandu Press

बार्सिलोनाद्वारा भिल्लारियल पराजित, ग्रिजम्यानले गरे गोल

काठमाडौं, असोज ८ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ। 

गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियलला....

बार्सिलोनाद्वारा भिल्लारियल पराजित, ग्रिजम्यानले गरे गोल

काठमाडौं, असोज ८ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ। 

गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसकै घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाले खेलको छैठौं मिनेटमा एन्टोनी ग्रिजम्यानको गोलबाट सुरुवाती अग्रता लिएको थियो। ग्रिजम्यानले मेसीले प्रहार गरेको कर्नरमा हेड गोल गरेका थिए।

खेलको १५ औं मिनेटमा अर्थुर मेलोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। 

खेलको ४४ औं मिनेटमा सान्टी काजोर्लाले गोल गर्दै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गरेपनि हार टार्न सकेनन्।

जितपछि बार्सिलोना ६ खेलबाट १० अंकका साथ लिगको चौथो स्थानमा उक्लिएको छ। ग्रानडा ६ खेलबाट ११ अंक जोड्दै लिगका शीर्ष स्थानमा छ। पराजित भएको भिल्लारियल समान खेलबाट ८ अंकसहित तालिकाको आठौं स्थानमा छ। 

प्रकाशित मिति: ०८:२८ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्