Kathmandu Press

ओलीले गरे प्रेस चौतारी प्रदेश १ को अधिवेशनको उद्घाटन

झापा, फागुन २१ : एमाले अध्यक्ष केपी ओलीले प्रेस चौतारी नेपालको प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन गरेका छन्।आज (शनिबार) बिहान गृह जिल्ला...
ओलीले गरे प्रेस चौतारी प्रदेश १ को अधिवेशनको उद्घाटन

झापा, फागुन २१ : एमाले अध्यक्ष केपी ओलीले प्रेस चौतारी नेपालको प्रदेश १ को प्रथम अधिवेशनको उद्घाटन गरेका छन्।

आज (शनिबार) बिहान गृह जिल्ला झापा पुगेका ओलीले बिर्तामोडमा आयोजित अधिवेशनको उद्घाटन गरेका हुन्।

Hardik ivf

त्यस कार्यक्रअघि उनले अर्जुनधारास्थित सुखानी सहिद स्मृति प्रतिष्ठान पुगेर सहिदहरूको सालिकमा माल्यार्पण पनि गरेका थिए।

५०औं सुखानी स्मृति दिवसको अवसरमा ओलीले झापा विद्रोहमा सहिद भएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको सालिकमा माल्यार्पण गरेका हुन्।

आजै उनले बिर्तामोडमा नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशन र झापा गोल्डकपको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: १२:५६ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्