Kathmandu Press

बन्दीपुरमा ‘हिल्स रेसिडेन्स’ बन्दै

तनहुँ, फागुन २१: तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ।नेपाली घर प्रालीले बन्दीपुर–२ मा हाउजिङ बनाउन लागेको हो। पर्यटकीय गन्तव्यका...
बन्दीपुरमा ‘हिल्स रेसिडेन्स’ बन्दै

तनहुँ, फागुन २१: तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ।

नेपाली घर प्रालीले बन्दीपुर–२ मा हाउजिङ बनाउन लागेको हो। पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक आशुतोष प्रधानले जानकारी दिए।

नेपाली मौलिकता झल्किने तरिकाले नयाँ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले हाउजिङ परियोजना ल्याइएको कम्पनीले जनाएको छ। बन्दीपुर बजारभन्दा केही टाढा निर्माण गर्न लागिएको हाउजिङ परियोजनाले थ्रीस्टार होटेलसरहको सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ।

पर्यटकीय क्षेत्र भएकाले उक्त घर ‘होमस्टे’का रुपमा पनि प्रयोग गर्न सक्नेछन्। कम्पनीले सात रोपनी जमिनमा १० वटा लक्जरियस हाउजिङ बनाउन लागेको उनले बताए।

सम्पूर्ण घर निर्माण गर्दा करिब १८ करोड खर्च हुने अनुमान गरेको कम्पनीले जनाएको छ। त्यहाँका घर चार आना तीन पैसादेखि साँढे १० आनासम्ममा निर्माण गर्ने भएको छ। (रासस)

 

प्रकाशित मिति: ०८:४४ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्