Kathmandu Press

रहेनन् स्पिनका जादुगर शेन वार्न

काठमाडाैं, फागुन २० : स्पिनका जादुगरका रुपमा परिचित महान क्रिकेटर शेन वार्नको् निधन भएको छ। अस्ट्रेलियान क्रिकेटर वार्नको शुक्रबार ५२ वर्षको उमेरमा हृदयाघातका...
रहेनन् स्पिनका जादुगर शेन वार्न

काठमाडाैं, फागुन २० : स्पिनका जादुगरका रुपमा परिचित महान क्रिकेटर शेन वार्नको् निधन भएको छ। अस्ट्रेलियान क्रिकेटर वार्नको शुक्रबार ५२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

उनको जन्म सन् १९६९ सेप्टेम्बर १३मा भएको थियो। उनी विश्वकप क्रिकेटले पाएका अहिलेसम्मकै उत्कृष्ट लेगस्पिनर हुन्। र, उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियाका लागि सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्।

सन् १९९२मा भारतविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट करिअरको थालनी गरेका उनले कुल १००१ विकेट लिएका छन्। उनले सन् २००७मा सिड्नीमा इंग्ल्यान्डविरुद्ध खेर्दै आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य गरेका थिए।

वार्नले अष्ट्रेलियाबाट १४५ टेस्टमा ७०८ विकेट र १९४ ओडिआईमा २९३ विकेट लिएका थिए। टेस्टमा वार्न श्रीलंका स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन्।

प्रकाशित मिति: २०:३४ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्