Kathmandu Press

प्रहरीको नाममा लुटपाट गर्ने समूह पक्राउ

काठमाडाैं, फागुन २० : काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा सङ्लग्न रहेको अभियोगमा आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ।उक्त...
प्रहरीको नाममा लुटपाट गर्ने समूह पक्राउ

काठमाडाैं, फागुन २० : काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा सङ्लग्न रहेको अभियोगमा आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

उक्त समूहले फार्मेसी सञ्चालकलाई ‘हामी प्रहरी हौँ, तपाईँको पसलमा अवैध औषधि बिक्री भएको सूचना आएकाले खानतलासी गर्न आएका हौँ’ भनी फागुन १२ गते साँझ पसलमा लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Hardik ivf

उक्त घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले जुम्ला घर भइ काठमाडौँ बस्ने २६ वर्षीय देवीप्रसाद धिताल, काठमाडौँ स्वयम्भू बस्ने धादिङ धुनीवेशीका ३० वर्षीय शङ्कर रेग्मी, काठमाडौँ सानोभर्‍याङ बस्ने डडेलधुराका हिक्मत महता, काठमाडौँ चक्रपथ बस्ने कञ्चनपुरका २७ वर्षीय सुवाष रतोकी, काठमाडौँ मित्रनगर बस्ने कञ्चनपुरका मिलन बोहरा, लिम्बु भन्ने भविन्द्र बेगा, दैलेख नौमुलका जीवन भन्ने योगेन्द्रबहादुर चन्द र काठमाडौँ सामाखुसी बस्ने प्युठान गौमुखीका संगीत थापा भन्ने कमल सुनारलाई पक्राउ गरेको छ।

उनीहरू काउन्टरमा भएको ६५ हजार नगदसहित मोबाइल, घडी, लुटपाट गरी फरार भएका थिए। खोजतलासका क्रममा प्रहरीले उनीहरूबाट ११ थान मोबाइल, एक थान घडी, एटिएम कार्ड र बैंक चेक बरामद गरेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्