Kathmandu Press

संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको औपचारिक बैठक शुरु

न्यूयोर्क, असोज ८ : संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकको मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ।

 न्युयोर्कस्थित राष्ट्रसंघको मुख्या....

संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको औपचारिक बैठक शुरु

न्यूयोर्क, असोज ८ : संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकको मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ।

 न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा ७४ औं महासभा बैठकका अध्यक्ष तिजानी महमद बान्डेले उच्चस्तरीय बैठकको औपचारिक सुरुवात गरेका हुन्।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महमद बान्डेले, द्धन्द, आतंकवाद, प्राकृतिक प्रकोप, लागु औषध, लैंगिक बिदेभ लगायतका जटिल बिषयहरुमा संयुक्त रुपमा समाधान खोज्नुपर्ने बताए । उनले राष्ट्र संघको प्रगती विवरण प्रस्तुत गरेका थिए।

यसैबीच उद्घघाटन शत्रको पहिलो दिन राष्ट्र संघका अध्यक्षले बोलेपछि ब्राजिलका राष्ट्रपती जैर मिसियस बोल्सोनारोले सम्बोधन गरेका छन् । त्यसपछि अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले अमेरिकी धारणा सहित डिभलप्मेन्ट फर फाइनान्स बिषयमा सम्बोधन गरेका छन्।

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले विश्वभर शान्ति र बिकास चाहेको भन्दै अमेरिका सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । उनले उपस्थित राष्ट्रप्रमुख, प्रधानमन्त्रीहरुलाई आफ्नो देशमा शान्ति र बिकासको चाहना भए पहिला देशलाई माया गर्न आग्रह गरे।

मंगलबारको उद्घघाटन शत्रमा इजिप्ट, टर्की, नाइजेरिया, माल्दिभ्स लगायतका देशका प्रमुखहरुले सम्बोधन गरेका छन् । राष्ट्रप्रमुखहरुले सम्बोधन गरेपछी मात्रै मन्त्रीहरुको पालो आउने भएकाले नेपालको नेतृत्व गर्दै अमेरिका रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पालो कुरेर बसेका छन्। 

हरेक बर्ष राष्ट्रसंघको मुख्यालयमा हुने कुम्भ मेलामा यस बर्ष पनि विश्वभरका १ सय भन्दा बढी देशका राष्ट्रप्रमुख र प्रधानमन्त्रीले डिभलप्मेन्ट फर फाइनान्स अर्थात बिकासका लागि लगानी बिषयमा आफ्नो धारणा राख्दैछन्।

महासभामा यस बर्ष यूथ क्लाइमेट समिट, क्लाइमेट एक्सन समिट, यूनिर्भसल हेल्थ समिट, राइट्स अफ चाइल्ड लगाएतका बिषयमा उच्चस्तरीय छलफल हुनेछ । 

प्रकाशित मिति: ०७:१७ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्