Kathmandu Press

आइसिसी विश्वकप क्रिकेटका लागि राष्ट्रिय टिमको बिदाइ

आइसिसी विश्वकप क्रिकेटका लागि राष्ट्रिय टिमको बिदाइ

काठमाडाैं, फागुन २० : युएईमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टुका लागि नेपाली राष्ट्रिय टिमको बिदाइ गरिएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टीमलाई बिदाइ गरे। नेपाली टिम तत्काल भने श्रीलंकामा केहि अभ्यास खेलका लागि प्रस्थान गर्नेछ। नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ। त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचिमा राखिएको छ।

बिदाइ कार्यक्रममा मन्त्री गहतराजले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागिरहेको बताए। उनले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने विधा खेल क्षेत्र नै भएको भन्दै यस क्षेत्रलाई बलियो बनाउदै अघि बढ्ने धारणा राखे।

त्यस्तै नेपाली राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेले नेपाली टिमले राम्रो तयारी गरेको जानकारी दिए। यसअघि देखिएका कमी र कमजोरीलाई पनि सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए। 

नेपाली टीमले श्रीलंकामा चार वटा अभ्यास खेल खेल्नेछ। त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्नेछ। युएईमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्नेछ। लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार बेहोरेको छ।

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्