Kathmandu Press

दिगो विकास समितिद्वारा राष्ट्रियसभा सदस्यकाे बिदाइ

काठमाडाैं, फागुन २० : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा चार वर्षे कार्यकाल पूरा भएका राष्ट्रियसभा सदस्यहरुलाई बिदाइ गरिएको छ।शुक्रबार बसेको बैठकमा चार वर्षे...
दिगो विकास समितिद्वारा राष्ट्रियसभा सदस्यकाे बिदाइ

काठमाडाैं, फागुन २० : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा चार वर्षे कार्यकाल पूरा भएका राष्ट्रियसभा सदस्यहरुलाई बिदाइ गरिएको छ।

शुक्रबार बसेको बैठकमा चार वर्षे कार्यकाल पूरा गर्न लागेका सभापति तारादेवी भट्टलगायत समिति सदस्यलाई बिदाइ गरिएको हो। बैठकमा सांसद कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई पनि बिदाइ गरिएको थियो।

समितिको सदस्य रहेका उनीहरुको कार्यकाल शुक्रबारदेखि नै पूरा भएको छ। बैठकमा रमेशजंग रायमाझी संयोजकत्वको उपसमितिले समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो।

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्