Kathmandu Press

मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

झापा, फागुन २० : मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको...
मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

झापा, फागुन २० : मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ।

धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताए। सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ–मोतिदान जेभी काठमाडौँले लिएको छ। 
    
तीन प्याकेजमा ठेक्का लिएको जेभीले हालसम्म कूल भौतिक प्रगतिको १२ प्रतिशत रहेको जनाएको छ। सडक निर्माणमा विभिन्न समस्या आइरहेका कारण पनि काममा ढिलाइ भइरहेको उनको भनाइ छ।

Hardik ivf

उनले राजमार्गस्तरको सडक भनिए तापनि हालसम्म सडक सीमा निर्धारण नहुँदा जग्गा अधिग्रहण हुन नसकेको, सडक सीमाको जग्गाको भूस्वामित्व जनताकै नाममा रहेको हुँदा सडक निर्माणको सीमा सुरक्षामा कठिनाइ रहेको बताए। 

सूचना अधिकारी शर्माले सडक क्षेत्रभित्र पर्ने रुख कटानको प्रक्रिया लामो तथा झन्झटिलो हुँदासमेत निर्माण कार्यमा ढिलो भइरहेको बताउनुभयो । उहाँका अनुसार विसंं २०७६÷०७७ मा सुरु भएको योजना विसं २०८१÷०८२ मा सम्पन्न गरिसक्नुपर्नेछ। 

यो सडक तीन खण्डमा निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको छ भने बाँकी खण्डको डिपिआर सकिएर ठेक्का लगाउने तयारी छ। पहिलो खण्ड पूर्वको प्रस्थान बिन्दु झापाको मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्मको १० किलोमिटर रहेको छ। सङ्घीय सरकारको बजेटबाट निर्माण हुने यो राजमार्ग दुई लेनको हुनेछ। बहुवर्षीय योजनाअनुसार यो राजमार्ग बन्न लागेको हो। 

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपरुको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास, शिमलटारी, प्यूठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा सुर्खेतको बोटचोर, डोटीको सिमचोर, बिपीनगर, कैलालीको सहजपुर, हुँदै डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ।

सो सडकखण्डको ३१ पुलको निर्माण कार्य जारी रहेको उहाँको भनाइ छ। सो सडकखण्डमा ११ ठूला पुल छन्। ती पुलको निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्