Kathmandu Press

काठमाडौं उपत्यकामा थप ३५ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन २० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २५, ललितपुरमा ६ र भक्तपुरमा ४...
काठमाडौं उपत्यकामा थप ३५ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन २० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा २५, ललितपुरमा ६ र भक्तपुरमा ४ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल १ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल १ हजार ९ सय ६५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ८ सय १८, ललितपुरमा १ हजार ५९ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर ७ हजार २४२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्