कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनः मतदान
काठमाडाैं, फागुन २० : नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनः मतदान भएको छ।आज (बिहीबार) सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल,...
काठमाडाैं, फागुन २० : नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनः मतदान भएको छ।
आज (बिहीबार) सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो। तीनजना उम्मेदवारमध्ये कसैले पनि कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए।
उनका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ। कांग्रेसको १४औं जिल्ला अधिवेशनमा कुल १ हजार ४९३ मतदाता छन्। बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ।
प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












