Kathmandu Press

गण्डकीमा सञ्चारमैत्री कानुन ल्याइनेछ : मन्त्री थापा

कास्की, फागुन २० : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानुन सञ्चार क्षेत्रमैत्री हुने बताएका छन्।नेपाल प्रेस...
गण्डकीमा सञ्चारमैत्री कानुन ल्याइनेछ : मन्त्री थापा
Hardik ivf

कास्की, फागुन २० : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानुन सञ्चार क्षेत्रमैत्री हुने बताएका छन्।

नेपाल प्रेस युनियन कास्की शाखाद्वारा आज (शुक्रबार) आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवं सम्मान कार्यक्रममा उनले सम्बद्ध पक्षसँग छलफल एवं अन्तरक्रियामार्फत कानुनलाई अन्तिम रुप प्रदान गरिने बताए।
    
समाजका सत्य तथ्य घटनालाई बाहिर ल्याउने पत्रकारिता क्षेत्र आफैंमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिँदै मन्त्री थापाले यस संस्थाले सञ्चालन गरिरहेको आधारभूत पत्रकारिता तालिमले दक्ष जनशक्ति बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
    
उनले विजय नेपालीलाई उत्कृष्ट सदस्य अवार्ड प्रदान गर्नाका साथै गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीलाई सम्मान गरेका थिए। नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेसालाई जिम्मेवार र व्यावसायिक बनाउन सके मात्र आम सर्वसाधारणको विश्वास यस क्षेत्रले जित्नसक्ने बताए।

नेपाली कांग्रेस कास्की शाखाका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:५७ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्