गर्भवतीको मृत्यु भएपछि उदयपुर अस्पतालमा तोडफोड
उदयपुर, फागुन २० : आज (शुक्रबार) बिहान गर्भवतीको मृत्यु भएपछि जिल्ला अस्पताल उदयपुरमा तनाव उत्पन्न पुगेको छ।स्वास्थ्यकर्मीको लापरबाहीले सीताको मृत्यु भएको भन्दै मृतकका आफन्त...
उदयपुर, फागुन २० : आज (शुक्रबार) बिहान गर्भवतीको मृत्यु भएपछि जिल्ला अस्पताल उदयपुरमा तनाव उत्पन्न पुगेको छ।
स्वास्थ्यकर्मीको लापरबाहीले सीताको मृत्यु भएको भन्दै मृतकका आफन्त अस्पताल तोडफोडमा समेत उत्रिएका छन्।
उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीलाई फागुन गते सुत्केरी गराउन उक्त अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएपछि अस्पताल तनावग्रसत बन्न पुगेको हो।
आफन्तले उपचार अभावमा गर्भवती सीताको मृत्यु भएको आरोप लगाएका छन्।
चिकित्सकहरुले नर्मल डेलिभरी हुन्छ भन्दै राखेको तर उपचार नपाउँदा सीताको मृत्यु भएको पाि अर्जुन कार्कीले आरोप लगाए। चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले त्यस्तो घटना भएको बताएको छ। तत्काल शल्यक्रियाका लागि आग्रह पनि आफन्तले नमानेका कारण सीताको मृत्यु भएको अस्पतालको भनाय छ।
अस्पताल तोडफोडपछि त्यहाँ दिइँदै आएको सबै सेवा बन्द भएको छ।












