Kathmandu Press

छात्रावासबाट हराइन् बौद्धिक अपांगता भएकी १४ वर्षीया बालिका

तनहुँ, फागुन २० :  बौद्धिक अपांगता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन्। व्यासनगरपालिका-५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपांगता भएकी सलिना...
छात्रावासबाट हराइन् बौद्धिक अपांगता भएकी १४ वर्षीया बालिका

तनहुँ, फागुन २० :  बौद्धिक अपांगता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन्। 

व्यासनगरपालिका-५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपांगता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन्।

Hardik ivf

जिल्लाको भानुनगरपालिका-३ तुरतुरे घर भई हाल छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन्। 

बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कसैलाई पनि जानकारी नगराई छात्रावासबाट बाहिर निस्कर हिँडेको अनुमान गरिएको खातुन ४.५ फिट अग्लो रहेको बताइएको छ।

आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोसाकमा उनी हराएकी विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिइन्। आफूहरुले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिइएको उनले बताए। 

बिहानीपख ढोका खोलेको छात्रावासमा बस्ने सहयोगीले थाहा पाए पनि दिसापिसाब फेर्न निस्किएको होला भनी बेवास्ता गरिँदा बालिका हराएको बताइएको छ।

उक्त आवासमा हाल आठ छात्रा र सात छात्र बसेर अध्ययन गर्दै आएका थिए। छोरी हराएकाले भेट्ने महानुभावले नजिकैको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले आग्रह गरेकी छन्।

छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उनले बताए। 

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्