Kathmandu Press

खजुरामा ‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम

राँझा, फागुन २० : बाँकेको खजुरा गाउँपालिकाले जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरेको छ । जनता र जनप्रतिनिधिबीच प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी जनताका समस्या...
खजुरामा ‘जनतासँग स्थानीय सरकार’ कार्यक्रम

राँझा, फागुन २० : बाँकेको खजुरा गाउँपालिकाले जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरेको छ । जनता र जनप्रतिनिधिबीच प्रत्यक्ष रुपमा अन्तरक्रिया गरी जनताका समस्या र चाहनाअनुरुप काम गर्न जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरिएकोे गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। 

उनका अनुसार जनतासँग स्थानीय सरकार कार्यक्रममा गाउँपालिकाका सम्बन्धित शाखाका प्रमुख, प्रमुख प्रशासकिय अधिकृतदेखि सम्पूर्ण जनप्रतिनिधिले जनताको घरदैलामा गएर गुनासा सुन्ने र समाधानको उपाय अपनाउनतिर ध्यान दिइनेछ । 

Hardik ivf

‘हाम्रो काम गराइएको तरिका के कस्तो छ ? जनताले स्थानीय सरकारबाट के चाहिरहेका छन् भन्ने कुरा बुझ्न हामी जनतासँग स्थानीय सरकार कार्यक्रम सञ्चालन गरेका छौँ,’ उनले भने, ‘कार्यक्रमका क्रममा जनताबाट आएका गुनासा र सल्लाहका आधारमा गाउँपालिकाको सेवालाई थप सहज तरिकाले प्रवाह गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ।’ 

जनतासँग स्थानीय सरकार कार्यक्रमसँगै सोमबारदेखि गाउँपालिकाले आठवटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शाखाको आयोजना तथा भिजन आँखा अस्पतालको सहकार्यमा खजुरा गाउँपालिका अन्तर्गतका आठै वटा वडाका स्वास्थ्य संस्थामा निःशुल्क आँखा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाप्रमुख सुदीप पौडेलले जानकारी दिए। 
    
ज्येष्ठ नागरिकलाई शल्यक्रिया गर्नुपर्ने भएमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए । जनतासँग स्थानीय सरकारअन्तर्गत  बिहीबार वडा नं ८ बाट सुरु भएको आँखा शिविरको खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले शुभारम्भ गर्दै पालिकाले दिएको निःशुल्क आँखा जाँच र औषधि सेवा लिन ज्येष्ठ नागरिकलाई आग्रह गरे। 

विगतका वर्षहरुमा पनि आँखा शिविरका साथै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियोे । अध्यक्ष कक्षपतिले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले बेलाबेलामा यस्ता शिविर गरिएको जानकारी दिए।

बिहीवार वडा नं ८ मा १६५ जनाको आँखा जाँच भएकामा २९ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार शल्यक्रिया पनि निःशुल्क गरिनेछ। 

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्