Kathmandu Press

महाकाली नदीमाथि मोटरेबल पुल

दार्चुला, फागुन २० : दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ ।  महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट...
महाकाली नदीमाथि मोटरेबल पुल

दार्चुला, फागुन २० : दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ ।  महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो । 

यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ । पुल निर्माणका लागि लामो समयदेखि प्रयास भइरहेको थियो ।

Hardik ivf

नेपाल–भारत आउजाउ गर्न दार्चुलाको महाकाली नदीमा झोलुङ्गे पुल र धेरै स्थानमा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोटरेबल पुल निर्माण भए आउजाउमा सजिलो हुनाका साथै मालसमान ढुवानीमा पनि सहज हुने स्थानीयवासीले आशा गरेका छन्।

गत माघ १८ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले पुल निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 
    
सीमा नदी महाकालीमा मोटरेबल पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी भने खुसी भएका छन् । भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा मोटरेबल पुल निर्माण हुन लागेको हो । धेरै पहिला महाकाली नदीमा नेपाल–भारत जोड्ने पुल निर्माण हुने सुनिश्चितता हुँदा खुसी छाएको धापका स्थानीयवासी भुवन जोशीले बताए। 

पुल निर्माण भएपछि सदरमुकाम आउने बाटोसमेत छोटो हुने यस क्षेत्रका स्थानीयवासीको भनाइ छ ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र सदरमुकामलाई लक्षित गरी निर्माण हुन लागेको पुलले नेपाल–भारतबीचको व्यापारलाई सहजता तुल्याउनेछ । पुल निर्माण स्वास्थ्य उपचारदेखि व्यापारिक हिसाबले पनि स्थानीयवासीलाई सहज हुनेछ। 

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्