एन्फाको लिग कमिटी सदस्य विज्ञानराज शर्माले दिए राजीनामा
काठमाडौं, फागुन २० : अखिल नेपाल फुटबल संघ (एन्फा)का लिग कमिटी संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन्। नेपाल सुपर लिग (एनएसल) को दोस्रो संस्करणमा काठमाडौं...
काठमाडौं, फागुन २० : अखिल नेपाल फुटबल संघ (एन्फा)का लिग कमिटी संयोजक विज्ञानराज शर्माले राजीनामा दिएका छन्।
नेपाल सुपर लिग (एनएसल) को दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएका कारण एन्फाबाट राजीनामा गरेका हुन्।
शर्माले राजीनामा पत्रमा फुटबललाई अझ बढी ब्यबसायिक बनाउन काठमाडौं रेजर्समा आवद्व भएको भन्दै दुबै तिर रहँदा नैतीक प्रश्न आउन सक्ने भन्दै तत्काललाई लिगकमिटीको संयोजकका रुपमा नरहेने उल्लेख गरेका छन्।
उनी काठमाडौं रेजर्सको डाइरेक्टरका रुपमा रहने जनाइएको छ।

प्रकाशित मिति: ११:३३ बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











