Kathmandu Press

वर्षौँ पुरानो दुर्गा भगवतीको घण्ट चोरी

काठमाडौं, फागुन २० : अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ। दिपायल सिलगढी–१...
वर्षौँ पुरानो दुर्गा भगवतीको घण्ट चोरी
Hardik ivf

काठमाडौं, फागुन २० : अज्ञात व्यक्तिद्वारा डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ। 

दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले विसं २०५० मा चढाएको  कम्तीमा पनि ४५ किलाको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए। 

उनले भने, ‘यही फागुन १८ गते राति उक्त घण्ट चोरी भएको खबर आएको छ, खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो यकिन गर्न सकिएको छैन ।’ मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलोपटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने गैरहिन्दूले उक्त मन्दिरको घण्ट चोरेको हुनसक्ने अनुमान स्थानीयवासीले गरेका छन्। 

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्