Kathmandu Press

पूर्वमुख्यमन्त्री शाहीद्वारा कैदीबन्दीका लागि टिभी सहयोग

सिमकोट, फागुन २० : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन्। उनीहरुको मनोरञ्जनका...
पूर्वमुख्यमन्त्री शाहीद्वारा कैदीबन्दीका लागि टिभी सहयोग

सिमकोट, फागुन २० : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका थुनुवा तथा कैदीबन्दीका लागि टेलिभिजन (टिभी) सहयोग गरेका छन्। 

उनीहरुको मनोरञ्जनका लागि पूर्वमुख्यमन्त्री शाहीले एक थान टिभी सहयोग गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

Hardik ivf

शाही नेकपा (माओवादी केन्द्र) हुम्लाको जिल्ला समन्वय समितिलाई पूर्णता दिनका लागि यहाँ आएका थिए । 

सोही अवसरमा जिल्ला प्रहरी कार्यालयभित्र भएका थुनुवा तथा कैदीबन्दीलाई मनोरञ्जनका लागि कार्यालयका प्रमुख हेरम्भ शर्मालाई सहयोग हस्तान्तरण गरेका थिए । अहिले जिल्ला प्रहरी कार्यालयमा महिला पुरुष गरेर १२ थुनुवा तथा कैदीबन्दी रहेका छन्। 

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्