Kathmandu Press

नेपाल बैंकमा जागिरको अवसर (सूचनासहित)

काठमाडौं, फागुन २० : नेपाल बैंक लिमिटेडले रिक्त रहेको दरबन्दीमा ठूलो संख्यामा रोजगारी खुलाएको छ ।बैंकले लोक सेवा आयोगको सहमतिअनुसार २०७८/७९ को स्वीकृत...
नेपाल बैंकमा जागिरको अवसर (सूचनासहित)

काठमाडौं, फागुन २० : नेपाल बैंक लिमिटेडले रिक्त रहेको दरबन्दीमा ठूलो संख्यामा रोजगारी खुलाएको छ ।

बैंकले लोक सेवा आयोगको सहमतिअनुसार २०७८/७९ को स्वीकृत दरबन्दीको आधारमा दरखास्त आह्वान गरेको हो । जसअनुसार बैंकले सहायक प्रबन्धक‚ सहायक र कनिष्ट सहायक पदका लागि दरखास्त माग गरेको छ।

Hardik ivf

केन्द्रीय कार्यालय र प्रदेशअन्तर्गतका शाखाका कार्यालयहरुका लागि माग गरिएको हो । दरखास्त फागुन २० देखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने बिज्ञापनमा उल्लेख छ । 

प्रकाशित मिति: ०८:३५ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्