Kathmandu Press

मञ्चबाट हात उठाएर मिल्यौ भनेर मात्रै गुटबन्दी अन्त्य हुँदैनः कोइराला

विदुर, असोज ७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर मिल्यौं भनेर मात्रै पार्टीभित्रको समस्या समाधान र गुटबन्दीक....

मञ्चबाट हात उठाएर मिल्यौ भनेर मात्रै गुटबन्दी अन्त्य हुँदैनः कोइराला

विदुर, असोज ७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरुले मञ्चबाट हात उठाएर मिल्यौं भनेर मात्रै पार्टीभित्रको समस्या समाधान र गुटबन्दीको अन्त्य नहुने बताएका छन्।

मंगलबार नुवाकोटको विदुरमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टीभित्रको तिक्तता नमेटिने बताएका हुन्।

कोइरालाले विभिन्न निर्वाचनमा टिकट वितरण गर्दा पार्टी नेतृत्वबाट गल्ती र कमिकमजोरी भएको स्वीकार गरे। उनले अबका दिनमा कार्यकर्तामाथि कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता पनि जनाए।

कोइरालाले १४ औं महाधिवेशनपछि पार्टीभित्रको गुटबन्दी र भागबण्डाको राजनीतिको अन्तय हुने पनि बताए।
 

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्