Kathmandu Press

खप्तड गोल्डकपमा मनाङको जित

काठमाडौं, फागुन १९ : पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङले भारतीय...
खप्तड गोल्डकपमा मनाङको जित

काठमाडौं, फागुन १९ : पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मनाङले भारतीय फुटबल टिम दिल्ली फुटबल क्लबलाई २–१ ले हरायो । 

मनाङको जितमा कप्तान अन्जन विष्ट र विमल रानाले गोल गरे भने दिल्लीका कृष्णले गोल गरेका थिए । खेलमा अग्रता दिल्लीले लियो । पहिलो बराबरीमा सकिएको खेलमा ७१औं मिनेटमा कृष्णले गोल गर्र्दै दिल्लीलाई अग्रता दिलाए । 

त्यसपछि तीन मिनेट अन्तरमा २ गोल गर्दै मनाङ विजयी भयो । ८२औं मिनेटमा अन्जन विष्ट र ८५औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङको जित सुनिश्चित गरे। 

प्रतियोगिता अन्तर्गत शुक्रबार ए डिभजिन क्लब न्युरोड टिम (एनआरटी) र बागमतीबीच खेल हुनेछ।

प्रकाशित मिति: २०:५७ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्