Kathmandu Press

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप आजदेखि सुरु

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप आजदेखि सुरु

धनगढी, फागुन १९ : कैलालीको धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप आजदेखि सुरु भएको छ। मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा यही फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्ड कप प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन्। प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेका छन्।

नकआउटका आधारमा खेलाइने प्रतियोगिताका विजेताले २१ लाख रूपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख रूपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयरप्ले टिमले जनही नगद २५ हजार रूपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित मिति: २०:३६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्