Kathmandu Press

विश्वकप लिग–२ का लागि नेपाली टिमको घोषणा 

विश्वकप लिग–२ का लागि नेपाली टिमको घोषणा 
फाइल फोटो

काठमाडौं, फागुन १९ : एकदिवसीय विश्वपक छनोटका रुपमा रहेको आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । 

क्यानले घोषणा गरेको टिममा करण केसी, सोमपाल कामी, विनोद भण्डारी, विक्रम सोब, रोहितकुमार पौडेल, भीम सार्कीले पुनरागमन गरेका छन्। यी सबै खेलाडीहरु केही समयअगाडि भएको ओमान भ्रमणमा नेपाली टिममा थिएनन्।

यस्तै, बन्द प्रशिक्षणमा रहेका अनिलकुमार शाह, गुल्सन झा, राजु रिजान र सुशन भारी भने टिममा अटाउन सकेनन्। 

नेपालले यसैमहिला युएईमा आयोजक युएई र पपुवा न्युगिनीसँग विश्वकप लिग २ अन्तर्गतको तेस्रो त्रिकोणात्मक सिरिज खेल्दैछ ।

सिरिजको तयारीका लागि नेपाली टिम शुक्रबार श्रीलंका जानेछ । त्यहाँ नेपालले फस्ट क्लास टिमसाग चार अभ्यास खेल खेल्ने कार्यक्रम छ। 

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ । नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

नेपाली टिम : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम शोव, भीम सार्की।

प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्