Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, फागुन १९ : ललितपुरमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम गाउँपालिका २ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान...
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, फागुन १९ : ललितपुरमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम गाउँपालिका २ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

थोकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Hardik ivf

यस्तै झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका ४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

लिम्बुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: २०:१६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्