Kathmandu Press

अर्थाभावले कोही पनि बेरोजगार बस्नु पर्दैन : कार्यकारी उपाध्यक्ष डा रोका

काठमाडाैं, फागुन १९ : युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले अर्थाभावका कारणले कोही पनि बेरोजगार बस्नु नपर्ने...
अर्थाभावले कोही पनि बेरोजगार बस्नु पर्दैन : कार्यकारी उपाध्यक्ष डा रोका

काठमाडाैं, फागुन १९ : युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कार्यकारी उपाध्यक्ष डा कल्याण रोकाले अर्थाभावका कारणले कोही पनि बेरोजगार बस्नु नपर्ने बताएका छन। कोषको १३औँ वार्षिकोत्सव कार्यक्रममा उनले पैसाको अभावमा कोही पनि बेरोजगार नहुने बताए। 'पैसा अभावमा कोही मान्छे बेरोजगार भए हामीकहाँ आउनुहोस्। हामी एक हजारले स्वरोगजार बनाउँछौँ,' उनले भने, 'हामी लाख खर्च गरेर ३० हजार कमाउन लालयित हुन्छौँ, अब लाख खर्च गरेर ३० हजार कमाउन लालयित बन्ने होइन। हामी त्यस्ता विदेश जानेलाई यही नै स्वरोजगार बनाउँछौँ।'

कार्यकारी उपाध्यक्ष डा रोकाले पैसाका कारणले मात्र उद्यमी, स्वरोजगार बन्छौँ भन्ने होइन भन्दै हाम्रो सोच परिवर्तन गर्नुपर्ने बताए। उनले स्थानीय स्रोत साधनलाई समुचित प्रयोग गरेर स्थानीय तहमा नै स्वरोजगार बनाउनुपर्ने बताए। उनले प्रमाणपत्र धितो राखेर स्वरोजगार बनाउन सरकारले आग्रह गरेर विद्यार्थीलाई कर्जा उपलब्ध गराउन तयार रहेको बताए। निर्यातमुखी अर्थतन्त्रलाई जोड नदिएर आयातमुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने उनको भनाइ थियो।

Hardik ivf

कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषले अहिलेसम्म ८३ हजार ४०९ युवालाई स्वरोजगार बनाएको जानकारी दिए। उनले कोषले पूँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ वर्षदेखि ६० वर्ष उमेर समूहका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको बताए। उनका अनुसार कोषले बिनाधितो दुई लाख रूपैयाँदेखि सामूहिकमा ३० लाख रूपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको छ।

कोषले हालसम्म ११ अर्ब नौ करोड ४८ लाख ३५ हजार रूपैयाँ लगानी गरिसकेको छ। यस्तै तीन अर्ब ८२ करोड दुई लाख ८३ हजार २६६ रूपैयाँ विपन्न वर्गमा कर्जा प्रवाह गरेको छ। यस्तै कोषले एक हजार ९६८ सहकारी संस्था, २६ बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै बेरोजगार युवा तथा व्यवसायीलाई कर्जा प्रवाह गरेको छ।

यस्तै १५ करोड ३३ हजार पाँच हजार ४९ ब्याज अनुदान उपलब्ध गराएको कोषले जनाएको छ। कोषका अनुसार ६१ हजार १३२ जनालाई स्वरोजगार बिमा गरेको, एक हजार ६१ जनालाई बिमा क्षतिपूर्ति गराइएको छ। यस्तै छ करोड २४ लाख ४८ हजार ५४५ बिमा क्षतिपूर्ति उपलब्ध गराएको छ।

कार्यकारी निर्देशक अधिकारीले बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्ने काममा निरन्तर लागिरहेका बताए। उनले स्थानीय तहमा रहेका स्रोत साधन प्रयोग गरेर स्वरोजगारमुखी बनाइने बताए। विसं २०६५ मा स्थापना भएको कोषमा अहिले नियमित स्वरोजगार कार्यक्रम, सहकार्यमा आधारित साझेदारी कार्यक्रम, कोशी इकोनोमिक करिडोर कार्यक्रम, भेरी–कर्णाली इकोनोमिक करिडोर, काठमाडौँ उपत्यका स्वरोजगार र तराई–मधेस स्वरोजगार कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्