पल शाह प्रकरणका समाचारमा अनलाइन पत्रकार संघले गरायो सञ्चारमाध्यमलाई सचेत
काठमाडौं, फागुन १९ : नायक पल शाहबिरुद्व परेको बलत्कार सम्बन्धी उजुरीमा केन्द्रीत रहेर सञ्चारमाध्यम प्रसारण भइरहेका समाचारका बारेमा अनलाइन पत्रकार सघले चासो देखाएको...
काठमाडौं, फागुन १९ : नायक पल शाहबिरुद्व परेको बलत्कार सम्बन्धी उजुरीमा केन्द्रीत रहेर सञ्चारमाध्यम प्रसारण भइरहेका समाचारका बारेमा अनलाइन पत्रकार सघले चासो देखाएको छ ।
देशभरीका अनलाइन पत्रकारहरुको छाता संगठन अनलाइन पत्रकार संघले आज एक बिज्ञप्ती जारी गर्दै शाहबिरुद्व परेको बलत्कार सम्बन्धी उजुरीमा केन्द्रीत रहेर विभिन्न सञ्चारमाध्यम मार्फत प्रकाशन, प्रशारण भएका समाचार सामग्रीहरुप्रति संघले चासो देखाएको हो ।
संघका अध्यक्ष डिल्लीप्रसाद सापकोटाद्वारा जारी बिज्ञप्तीमा पत्रकारिताका आधारभूत मूल्य मान्यता तथा सिद्धान्तहरुलाई पालना गरि प्रकाशन, प्रशारण गर्न पत्रकार तथा सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध समेत गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ,‘विषयमा इन्टरनेटलाई माध्यम बनाएर समाचार सामग्री प्रकाशन, प्रशारण गर्दा पत्रकार आचारसंहिता र कानुनले बर्जित गरेका बिषय तथा पीडितको पहिचान गोप्य राख्नुपर्ने जस्ता पत्रकारिताका आधारभूत मूल्य मान्यता तथा सिद्धान्तहरुलाई पालना गरि प्रकाशन, प्रशारण गर्नुहुन पत्रकार तथा सञ्चार माध्यमहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।’













