Kathmandu Press

जनसांस्कृतिक महासंघ रामेछाप अध्यक्षमा प्रेमकुमार तामाङ

रामेछाप, फागुन १९ : एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ रामेछापको दोस्रो जिल्ला अधिवेशनले प्रेमकुमार तामाङको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।आज (बिहीबार)...
जनसांस्कृतिक महासंघ रामेछाप अध्यक्षमा प्रेमकुमार तामाङ

रामेछाप, फागुन १९ : एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासंघ रामेछापको दोस्रो जिल्ला अधिवेशनले प्रेमकुमार तामाङको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।

आज (बिहीबार) रामेछापको मन्थलीमा सम्पन्न अधिवेशनले उपाध्यक्ष र महिला उपाध्यक्षमा क्रमशः अर्जुन खड्का र तारा रैका भण्डारी, सचिवमा नवीन थापा मगर र सहसचिवमा राम मगरलाई चयन गरेको छ। त्यसैगरी समावेशी सहसचिवमा सरिता श्रेष्ठ चुनिँदा कोषाध्यक्षको जिम्मेवारी नवीन पुलामी मगरले पाएका छन्।

सदस्यहरूमा डेनिस भण्डारी, गंगा माझी, राजन पौडेल, हिमाल योन्जन, रेखा आले मगर, सुरेशकुमार मोक्तान, दलबहादुर माझी र राकम माझीलाई चयन गरिएको छ। त्यसैगरी अन्य सदस्यहरूमा जमुना माझी, विश्वजंग माझी, उर्मिला मगर, सुस्मिता माझी, नारायण माझी, भोजराज विक, राजेश नेपाली, निखिल माझी, सरिता थापा मगर र अन्जना राना मगर रहेका छन्। 

जनसांस्कृतिक महासंघको राष्ट्रिय अधिवेशन आगामी चैत १८ देखि २० गतेसम्म हुन लागेकाले यतिखेर तीव्र रूपमा जिल्ला अधिवेशन भइरहेको महासंघ संयोजक खगेन्द्र राईले जानकारी दिए। एमाले केन्द्रीय सदस्यसमेत रहेका उनले फागुनभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तरिकाले महासंघ जुटिरहेको बताए।

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्