Kathmandu Press

समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने

काठमाडौं, फागुन १९ : समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ।सङ्गठनका...
समाजवादी प्रेस सङ्गठनको विस्तारित बैठक चैत १२ गते बस्ने

काठमाडौं, फागुन १९ : समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ।

सङ्गठनका इन्चार्ज जगन्नाथ खतिवडाको उपस्थितिमा तथा सङ्गठनका अध्यक्ष श्रेष्ठको सभापतित्वमा आज सम्पन्न पदाधिकारी बैठकले आगामी चैत १२ गते काठमाडौँमा गर्न लागिएको विस्तारित बैठकको तयारीका लागि सो समिति गठन गरेको हो। 

Hardik ivf

सङ्गठनका सबै विभागका प्रमुखलाई सम्बन्धित सदस्यसँगको परामर्श गरी विधागत  कार्ययोजना एक हप्ताभित्र बुझाउन जिम्मेवारी दिइएको छ । बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुखसमेत रहेका खतिवडा हालै ग्लोबल अर्गानाइजेशन अफ पार्लियामेण्टेरियन्स एगेन्सट करप्सनको ‘ग्लोबल डाइरेक्टर’ पदमा नियुक्ति हुनु भएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना प्रस्ताव पारित गरेको छ।

यही फागुन महिनामा सबै जिल्ला समिति गठन गर्न निर्देशन दिएको बैठकले विस्तारित बैठकपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको सङ्गठनका उपाध्यक्ष शन्तराम विडारीले जानकारी दिए । मूल आयोजक समितिको बैठक शुक्रबार बस्ने भएको छ। 

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्