Kathmandu Press

दशैंमा सवारी चलाउन देशभर रुट परमिट नचाहिने 

काठमाडौं, असोज ७ : दशैंमा सार्वजनिक यातायात सञ्चालन गर्न रुट परमिट नचाहिने भएको छ।

यातायात व्यवस्था विभागले असोज १२ देखि १९ गतेसम्म सवारी चल....

दशैंमा सवारी चलाउन देशभर रुट परमिट नचाहिने 
फाइल

काठमाडौं, असोज ७ : दशैंमा सार्वजनिक यातायात सञ्चालन गर्न रुट परमिट नचाहिने भएको छ।

यातायात व्यवस्था विभागले असोज १२ देखि १९ गतेसम्म सवारी चलाउन रुट परमिट लिनु नपर्ने व्यवस्था गरेको हो। विभागले नम्बर प्लेट भएका जुनसुकै सवारी देशको जुनसुकै स्थानमा पनि आवतजावत गर्न पाउने जनाएको छ। 

असोज ५ गतेदेखि अग्रिम टिकट खुला गरिएपनि सवारी साधन अपर्याप्त भएपछि विभागले रुट परमिट खारेज गरेको हो।  विभागले असोज १२ देखि १९ सम्म काठमाडौं भित्रिने १४ चक्केभन्दा ठूला सवारी साधन प्रवेशमा समेत रोक लगाएको छ। 

काठमाडौं भित्रिने ठूला सवारी साधनलाई चितवनको नारायणगढमा पार्किङ गरेर राख्न समेत विभागले आग्रह गरेको छ। यात्रुबाहक सार्वजनिक सवारी साधन र यात्रुको चापलाई हेरेर असोज १९ गतेपछि पनि ‘फ्रि रुट’ कायम गर्न सकिने विभागले जनाएको छ। 

विज्ञप्ति हेर्नुस्: 


 

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, असोज ७, २०७६