Kathmandu Press

खेलमार्फत स्वच्छ सहरी आचरण निर्माण गर्न लगानी बढाएका छौँ : मेयर शाक्य 

काठमाडौं, फागुन १९ : काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताएका छन्। बुधबार शंखपाकस्थित पाकिस्तान एम्बेसी ग्राउण्डमा टि-ट्वान्टी...
खेलमार्फत स्वच्छ सहरी आचरण निर्माण गर्न लगानी बढाएका छौँ : मेयर शाक्य 

काठमाडौं, फागुन १९ : काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताएका छन्। 

बुधबार शंखपाकस्थित पाकिस्तान एम्बेसी ग्राउण्डमा टि-ट्वान्टी क्रिकेट खेलको उद्घाटन गर्दै मेयर शाक्यले खेलमार्फत स्वच्छ सहर निर्माणमा महानगरले लगानी गरिरहेका बताएका छन् । ‘महानगरले फुटबल, क्रिकेटलगायतका खेललाई प्रत्यक्ष सहयोग गरेको छ,’ मेयर शाक्यले भने, ‘नेपालमा क्रिकेटको बिकास र विस्तार सन्तोषजनक छ । यसबाट राष्ट्रिय गौरव बढाउन थप काम गर्नुपर्छ । युवा शक्तिलाई सकारात्मक काममा लाग्न प्रेरणा गर्ने भनेको खेल हो।’

Hardik ivf

नेपालका लागि पाकिस्तान दूताबासले आयोजना गरेको यो सातौँ सातौँ संस्करणको खेल हो । 
 
उद्घाटन कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदूत शैयद हाइदर शाहले, कोविडको महामारीपछि क्रमशः खेलका कार्यक्रमहरु बढ्दै गएको बताए । ‘नेपालमा क्रिकेटप्रतिको मोह बढ्दो छ । हामीले आयोजना गरेको खेलबाट दुई देशका युवाविच मैत्री सम्बन्ध स्थापना हुने आशा गरेका छौँ,’ राजदूत शाहको भनाइ थियो । 

प्रतिस्पर्धामा १२ टीम छन् । ४ समूहमा विभाजन गरेर एउटा समूहमा २ वटा खेल खेलाइेछ । यसबाट शीर्ष स्थान प्राप्त गर्ने टीम सेमिफाइनलमा पुग्नेछन् । सेमी फाइनलका विजेताले फाइनल प्रतिस्पर्धा गर्नेछन् । खेल फागुन २६ गते सम्पन्न हुनेछ । 
 

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्