Kathmandu Press

बैतडीमा मतदाता संख्या १ लाख ५० हजार

बैतडी, फागुन १९ : जिल्लामा करिब २५ हजार मतदाता थपिएका  छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन्।२०७४ सालको स्थानीय...
बैतडीमा मतदाता संख्या १ लाख ५० हजार

बैतडी, फागुन १९ : जिल्लामा करिब २५ हजार मतदाता थपिएका  छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनका बेला १ लाख २५ हजार ३ सय १९ मतदाता रहेकामा हाल त्यो सङ्ख्या बढेर एक लाख ४९ हजार ९६८ पुगेको हो।

Hardik ivf

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा सबैभन्दा बढी २२ हजार १६८ मतदाता रहेका कार्यालय प्रमुख माधव फुयाँलले जानकारी दिए। यस्तै पुर्चौडी नगरपालिकामा २१ हजार ७८, पाटन नगरपालिकामा १९ हजार ९९९ र मेलौली नगरपालिकामा १३ हजार ६९३ मतदाता छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा १४ हजार ९४७, डिलाशैनी गाउँपालिकामा १३ हजार ३३०, सिगास गाउँपालिकामा १२ हजार १८७, सुर्नया गाउँपालिकामा ११ हजार ४३४, पञ्चेश्वर गाउँपालिकामा ११ हजार २२२ र शिवनाथ गाउँपालिकामा नौ हजार ९१० मतदाता रहेका जनाइएको छ। ती मतदाताले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउनेछन्। 

गत माघ २४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै फोटोसहितको मतदाता नामावली संकलनको काम पनि स्थगित भएको छ। जिल्लामा एक लाख ५३ हजार ३८० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए  पनि ३ हजार ४१२ जना १८ वर्षमुनिका रहेका छन्।

सोह्र वर्ष पूरा भएका र नागरिकता प्राप्त गरेकाले फोटोसहितको नामावली मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन पाउँछन्  तर मतदान गर्न भने मतदाता नामावलीमा नाम दर्ता गराएको र १८ वर्ष पूरा भएको हुनुपर्दछ। स्थानीय तह निर्वाचनका लागि जिल्लाभरि १२९ मतदानस्थल तोकिएका छन्।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्