बाँकेमा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी
काठमाडौं, फागुन १९ : नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ।नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा...
काठमाडौं, फागुन १९ : नेपाली कांग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सुरु भएको छ।
नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार निर्वाचनमा १ हजार ४९३ मतदाता छन्।
सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरहेको छ। अपराह्न ४ बजेसम्म मतदान चल्नेछ।
सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार÷चार उम्मेदवार प्रतिस्पर्धामा छन्। सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी प्रतिस्पर्धामा छन्।
पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्नेछ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन्। मतदानलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शाहीले बताए।












