Kathmandu Press

हेलिटुरमार्फत २५० पर्यटकले गरे खप्तड अवलोकन

काठमाडौं, फागुन १९ : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्। उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक...
हेलिटुरमार्फत २५० पर्यटकले गरे खप्तड अवलोकन

काठमाडौं, फागुन १९ : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा हेलिटुरमार्फत २५० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका छन्। 

उक्त हेलिटुरमार्फत खप्तडमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको टोलीले पनि खप्तड अवलोकन भ्रमण गरेको उनको सचिवालयले जनाएको छ। नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँगको समन्वयमा खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम तथा होटल व्यवसायी महासङ्घ सुदूरपश्चिमको सहकार्यमा खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर्सले उक्त हेलिटुर सञ्चालनमा ल्याएको थियो । 

Hardik ivf

यही फागुन १ गतेबाट सञ्चालन गरिएको हेलिटुरमार्फत दुई विदेशी पर्यटक तथा २४८ आन्तरिक पर्यटक खप्तड अवलोकनका लागि पुगेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए।

खप्तड राष्ट्रिय निकुञ्ज र प्रमुख धार्मिकस्थल बडिमालिकाका लागि हेलिटुर सञ्चालन गरिएको भए पनि अत्यधिक हिउँका कारण बडिमालिकामा हेलिकप्टर ल्याण्ड गर्न नसकिँदा सोचे जति पर्यटक भित्र्याउन नसकिएको आयोजक संस्थाले जनाएको छ । चिसोको समयमा सुनसानजस्तै देखिने खप्तड क्षेत्रमा यस पटक हेलिटुर सञ्चालन भएपछि पर्यटकलाई अवलोकनका लागि निकै सहज भएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए। 

कोरोना महामारीले दुई वर्षदेखि थला परेको यस क्षेत्रको पर्यटन क्षेत्रमा हेलिटुर सञ्चालन गरिएपछि पर्यटक भित्र्याउनका लागि पनि निकै सहज भएको उनको भनाइ थियो । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा अधिक मात्रामा पर्यटक भित्र्याउनका लागि निजी क्षेत्र तथा सरकारी क्षेत्रसँग सहकार्य गरी हेलिटुरलगायतका कार्य अगाडि बढाइने बताए।

प्रकाशित मिति: ११:३७ बजे, बिहीबार, फागुन १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्