लमही–घोराही सडक दैनिक नौ घण्टा बन्द हुने
घोराही, फागुन १९ : दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडक खण्ड दैनिक नौ घण्टा बन्द हुने भएको छ।सडक मर्मत गर्नका लागि यातायात...
घोराही, फागुन १९ : दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडक खण्ड दैनिक नौ घण्टा बन्द हुने भएको छ।
सडक मर्मत गर्नका लागि यातायात रोकिन लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। डिभिजन कार्यालयले सूचना निकालेर फागुन २२ देखि ३० गतेसम्म दैनिक नौ घण्टा सडक बन्द हुने जनाएको छ।
हरेक बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिए।

प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












